www.tandavnews.com
Fact ~ In search of truth

नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प

काठमाडौँ।

सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना रहेको बताए। उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौँ र धादिङलगायतका स्थानमा महसुस गरिएको थियो ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.