www.tandavnews.com
Fact ~ In search of truth

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ  । 
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ ।

Batas

सो कम्पनीको रु तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । गरिमा विकास बैङ्क रु दुई करोड ६७ लाख ५४ हजार तीन सय १६, एभरेष्ट बैङ्क रु दुई करोड ४९ लाख चार हजार सात सय ५३, नबिल बैङ्क रु दुई करोड ३७ लाख ८८ हजार दुई सय ७१ र एनआइसी एशिया बैङ्कको रु एक करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर नौ दशमलब ९७, बिन्दवासिनी हाइड्रोपावर चार दशमलब ३७, विशाल बजार कम्पनी चार दशमलब शून्य चार, नारायणी डेभलपमेन्ट बैङ्क तीन दशमलब दशमलब ४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले दुई दशमलब ७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेञ्चुरी बैङ्कको ऋणपत्र सात दशमलब ७३, सामुदायिक लघुवित्त सात दशमलब ६७, अभियान लघुवित्त छ दशमलब ५९, हिमालयन पावर पाटर्नर पाँच दशमलब ६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ५६ प्रतिशतले गुमाएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.