www.tandavnews.com
Fact ~ In search of truth

‘मिर्दि-भिमाद सडकलाई राजमार्गमा विकास गर्न छिट्टै काम सुरू हुन्छ’ : एमाले सचिव अर्याल

स्याङ्जा ।

नेकपा एमाले सचिव तथा स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य उम्मेदवार पद्मा अर्यालले मिर्दि-भिमाद सडकका लागि छिट्टै काम सुरू गरी राजमार्गको रुपमा विकास गर्ने बताएकी छिन्। चुनावी अभियानका क्रममा बिहीबार वालिङ नगरपालिका वडा नम्बर ५ र ७ को विभिन्न टोलहरुमा आयोजित कार्यक्रममा बोल्दै नेता अर्यालले त्यस्तो बताएकी हुन्।

भावी पुस्तालाई सम्मुनत नेपाल हस्तान्तरण गर्ने महाअभियानमा एमाले रहेको बताउदै अर्यालले एमालेको यो अभियानलाई सहयोग गर्न समेत आह्वान गरेकी थिइन् । समुन्नत नेपाल निर्माणका लागि अहिले जनताको घरघरमा पुगेको भन्दै आफ्ना मन तथा मत दिएर यो महाअभियानमा सहभागि हुन समेत अर्यालले आग्रह गरिन्। जनताले अभिमत दिएर विगतका वर्षमा धेरै काम भएको भन्दै केहि योजना परमादेशको सरकारले कुल्चिदिएको एमाले उनकाे भनाइ थियो।

Batas

कार्यक्रमा गण्डकी प्रदेशसभा ‘क’ का उम्मेदवार मोहन रेग्मीले खानेपानी, सडकका योजनाहरु धेरै वर्तमान गठबन्धनको सरकार्ले काटिदिएको भन्दै यसको मुल्यांकन जनताले गर्ने बताएका थिए।

मिनाङकोटमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरेर डिलबहादुर गुरुङ ((थकाली) एमालेमा प्रवेश गरेको एमाले वालिङ नगर कमिटी सचिव यमकान्त खनालले जानकारी दिए।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.