www.tandavnews.com
Fact ~ In search of truth

तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

काठमाडौँ।

आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ–५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलबाट २९ र स्वतन्त्रबाट २७ गरी ५६ जनाको उम्मेदवारी परेको कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए।

प्रवक्ता जोशीका अनुसार निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ तर्फ दलगतरुपमा सात र स्वतन्त्र उम्मेदवार सात गरी १४ उम्मेदवार रहेका छन्। त्यसैगरी प्रदेशसभा २ तर्फ दलगत उम्मेदवारी ७ र स्वतन्त्र ६ गरी कूल १३ जनाको उम्मेदवारी रहेको छ ।

प्रदेश १ मा २७ हजार पाँच सय ६७ र प्रदेश २ मा ४३ हजार तीन सय ५२ गरी यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेको प्रवक्ता जोशीले जानकारी दिए। जम्मा ३१ मतदान केन्द्र र ५० मतदान उपकेन्द्र रहेको निर्वाचन क्षेत्र नं ५ भित्रका केन्द्रमा स्थलगत अवलोकन गर्ने काम भइरहेको छ ।

निर्वाचन क्षेत्रभित्रका मतदान केन्द्र केकस्ता छन् भनी अवलोकन मूल्याङ्कन भइरहेको सहायक निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए। निर्वाचन नजिकिएसँगै यस क्षेत्रभित्रका मतदानस्थल अवलोकन गर्ने कामलाई तिब्रता दिइएको छ ।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका ४, टोखा नगरपालिकाको ६ र बूढानीलकण्ठ नगरपालिका ५ गरी १५ वडा समेटिएका छन् । जसमा प्रदेशसभा १ तर्फ काठमाडौँ महानगरका वडा नं २, ४ र ५ पर्दछन् । प्रदेशसभा दुईतर्फ काठमाडौँ महानगरको वडा नं ३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.