www.tandavnews.com
Fact ~ In search of truth

पूर्वसांसद गायत्री साहद्धारा अस्पताल विरुद्ध मुद्धा

गलत रिर्पोटका कारण डाउन सिन्ड्रोम बच्चा जन्मेको आरोप

काठमाडौं ।

पूर्वसांसद गायत्री साहले ललितपुरस्थित मेडिसिटी अस्पतालविरूद्ध मुद्धा दायर गरेकि छिन् ।

साहले मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरले दिएको गलत रिपोर्ट दिएका कारण क्षति भएको भन्दै १० करोड क्षतिपूर्ति माग्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको जनाइएको छ ।

आफूमाथि आर्थिक, मानसिक र शारीरिक क्षति भएको भन्दै उनले असोज २८ गते मुद्दा दायर गरेकी हुन्। उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० बमोजिमको क्षतिपूर्ति माग गर्दै साहले मुद्दा दायर गरेको अदालतले जनाएको छ।

गलत रिपोर्टका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेको र त्यसको जीवनभरको उपचार खर्च भन्दै सो बराबरको रकम क्षतिपूर्तिस्वरूप उनले माग गरेकि हुन्साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी थिइन्। तर, शारीरिक विकास नहुने किसिमको ‘डाउन सिन्ड्रोम’ शिशु जन्मिएपछि उनले लामो समयसम्म बच्चा अस्पतालबाट लगिनन्।

गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको रिपोर्ट दिइएको दाबी साहको छ। तर, जन्मँदा ‘डाउन सिन्ड्रोम’ देखिएपछि उनले अस्पताल र डाक्टरले लापरबाही गरेको आरोप लगाउँदै आएकी छिन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.