www.tandavnews.com
Fact ~ In search of truth

बाबुराम रानाको नेतृत्वमा खेलकुद महासंघ पोखरा-२१ गठन

पोखरा
ताण्डव न्यूज ।

नेपाल खेलकुद महासंघ पोखरा महानगरपालिका २१को अध्यक्षमा बाबुराम राना चयन भएका छन् । शनिबार आयोजित प्रथम अधिवेशनले रानाको नेतृत्वमा २७ सदस्यीय कमिटी चयन गरेको हो ।

उपाध्यक्ष र सचिव केही दिनपछि चयन गर्ने गरि कमिटीको सहसचिवमा सूर्य गिरी र कोषाध्यक्षमा रोशनी लामिछाने चयन गरिएको छ । कमिटीको सदस्यमा मनोज राना, जिवन घताने, केशव गिरी, बिजय ढकाल र राजु नेपाली छन् । बाँकी सदस्य पछि चयन गरिने छ ।

Batas

यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रिय सदस्य भिम कार्कीले खेलकुदको अपरिहार्यताबारे जानकारी दिँदै हरेक तहलाई यसमा जोड्न वडा कमिटिको महत्वपूर्ण भूमिका रहने बताए ।

आसन्न निर्वाचनमा कास्की क्षेत्र नं २ (१)  बाट प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका कार्कीले एमालेले खेलकुद र खेलाडीहरुलाई सदैव प्रथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं रिटर्नी फेडरेसनका केन्द्रिय अध्यक्ष चन्द्र रोकाहा, नेकपा एमाले कास्की कमिटी सदस्य एवं पोखरा २१का पार्टी ईन्चार्ज अर्जुन गिरी लगायतले वडामा खेलकुद कमिटीले महत्वपुर्ण भूमिका खेल्ने जनाउँदै पार्टीका तर्फबाट समन्वयका लागि हरसमय तयार रहने प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटी सदस्य रामचन्द्र गिरी, महासंघका जिल्ला सदस्य सूर्य बराल , अनेरास्ववियु जिल्ला कमिटीका सचिवालय सदस्य सन्देश गिरी, अनेरास्ववियु पोखरा महानगरका अध्यक्ष दुर्गानाथ लामिछाने, राष्ट्रिय युवा संघ नेपाल कास्की २ (१)का संयोेजक राजु गिरी, राष्ट्रिय युवा संघ पोखरा २१का ईन्चार्ज सुवास अधिकारी लगायतकोे उपस्थिती रहेको थियो ।

नेपाल खेलकुद महासंघ कास्की अध्यक्ष दुर्गादत्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एमाले पोखरा-२१का सचिव रोशन भट्टराईले गरेका थिए ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.