www.tandavnews.com
Fact ~ In search of truth

राप्रपा कास्की क्षेत्र नं २ को सम्पर्क कार्यालय भलाममा स्थापना

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को कास्की क्षेत्र नं २ को चुनावी सम्पर्क कार्यालय उद्दघाटन गरिएको छ । आइतबार राप्रपा नेपालका केन्द्रिय सदस्य जगलाल पुनको प्रमुख अतिथ्यतामा पोखरा–२० भलाममा सम्पर्क कार्यालयको उद्दघाटन गरिएको हो ।

कार्यक्रममा कास्की क्षेत्र नं–२ प्रतिनिधिसभाका उम्मेदवार सुर्वण राज पन्तले प्रजातन्त्रसहितको राजा राप्रपाको निति भएको बताए । उनले भने “काँग्रेसले बोकेको निति सिद्धान्त अहिलेको स्थीतिमा राप्रपाले बोकेको छ । हिजो मेलमिलापको सिदान्तमा राजा सहितको प्रजातन्त्र चाहिने निति अहिले राप्रपाले बोकेको हुनाले काँग्रेसका आम मतदाताले विपीको सिदान्तलाई न्याय दिने हो भने राप्रपालाई मतदान गर्नुपर्दछ ।”

त्यस्तै, कास्की क्षेत्र नं – २ ‘ख’का प्रदेशसभा सदस्यपदका उम्मेदवार अरुण गिरीले आफ्ना भनाइहरु राख्दै आफूलाई मतदान गर्न मतदाता समक्ष आग्रह गरेका थिए । कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य तथा कास्की क्षेत्र नं– १ ‘ख’का प्रदेशसभा सदस्यपदका उम्मेदवार महेन्द्र कार्कीले पनि बोलेका थिए ।

Batas

राप्रपा पोखरा वडा नं –२० का अध्यक्ष कृष्ण के.सीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा सुवेक्षुकहरुको बाक्लो उपस्थिीति रहेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.