www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ–२ : एकिकृत समाजवादीका उम्मेदवारले एमालेलाई समर्थन गर्दै उम्मेदवारी निष्कृय

पोखरा।
नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) जिल्ला कमिटी तनहुँका सचिव तथा गण्डकी प्रदेशसभा क्षेत्र नं–२ (क)का उम्मेदवार दुर्गा कुमार श्रेष्ठले उम्मेदवारी निष्कृय भएको घोषणा गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवारहरुलाई सहयोग गर्ने मतदाता समक्ष अपिल समेत गरेका छन् ।

श्रेष्ठले गठबन्धनको सहमति विपरित प्रदेशसभा क्षेत्र नं–२ (क)मा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

श्रेष्ठले सोमबार एक विज्ञप्ती जारी गर्दै “पार्टी केन्द्रको बारम्बार गठबन्धनलाई सहयोग गर्ने र उम्मेदवारी फिर्ता लिन निर्देशन गरिरहेको भएता पनि कम्युनिष्ट विचार र मानयताबाट अघि बढी रहेको सचेत कार्यक्रर्तालाई काँग्रेसको पिछलगु भई हिड्नु पर्ने कारण नभएको प्रष्ट पार्न चाहान्छु ।” उनले भनेका छन् ।

Batas

गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलन कम्जोर भएको बताउदैँ उनले भने,“गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलन कमजोर बनाउने दिशा तर्फ भन्दा योग्य कम्युनिष्ट पार्टीका उम्मेदवारलाई सहयोग पु¥याउनु पर्छ भन्ने मान्यताका साथ मेरो उम्मेदवारी आजकै दिनदेखि निष्कृय रहेको घोषणा गर्दछु ।”

उनले एमालेका प्रतिनिधिसभा क्षेत्र नं–२का उम्मेदवार किरण गुरुङ र प्रदेशसभा क्षेत्र नं–२(क)का उम्मेदवार श्यामराजा महतलाई समर्थन गर्दै मतदाता समक्ष भोटको अपिल गरेका हुन ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.