www.tandavnews.com
Fact ~ In search of truth

उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ

दोधारा चाँदनी ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ फर्किएका उनि चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन् ।

चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका हुन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाने क्रम बढेको छ ।

Batas

गड्डाचौकी नाकामा पछिल्लो केही दिनयता कामको लागि भारत जानेको सङ्ख्या बढेको छ । “चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरु भोट मागेपछि फर्किदैनन् ।” रोजगारीको खोजीमा भारत जान लागेका चौधरीले भने, “हामीलाई त भारत नगई सुख छैन, नत्र परिवार कसरी पाल्ने ।” उनले चुनावमा मात्रै आश्वासन दिने नेताले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा भारत जानुपर्ने बाध्यता रहेको बताए ।

“आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपथ्र्यो र”, उनले भने, “भारत नगई खानपीनको जोहो गर्न सकिँदैन ।”

आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लाग्नुभएका चौधरीले त्यहाँ लामो समयदेखि मजदुरी गर्दै आउनुभएको छ । “भारतको बद्रीनाथमा हाम्रो गाउँका २५÷३० जना मजदुरी गर्छांै ।” उहाँले भन्नुभयो, “चाडपर्व मनाएर फेरि भारत जान लागेका छौँ, भोट हाल्न मन त थियो बाध्यताले दिएन ।”

चौधरीसँगै कामको खोजीमा जान लागेका बेलौरी नगरपालिका–५ का धर्मा चौधरी पनि स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको भर पर्नुपरेको बताउछन् । “त्यहाँ गएर मजदुरी गर्न साह्रै दुःख हुन्छ, तर जानै पर्ने बाध्यता छ”, उनले भने, “अहिले पनि नेताहरु रोजगारी दिन्छौँ भनेर गाउँमा भोट माग्दै छन, हेरौँ यसपालि के गर्छन् ।” नेताहरु अहिले गाउँमा भोट माग्न आउँदा आफूहरुका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेको छ । प्रहरीको तथ्याङ्कअनुसार मङ्गलबार ८९ जना रोजगारीका लागि भारत गएका छन् । बुधबार सो सङ्ख्या बढेर एक सय ८० पुगेको छ ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.