www.tandavnews.com
Fact ~ In search of truth

उम्मेदवार मनबहादुरको कास्की क्षेत्र १ मा माओवादी र कांग्रेसका १० जना एमालेमा प्रवेश

पोखरा।
कास्की क्षेत्र नम्वर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङको क्षेत्र अन्तर्गत पर्ने रूपा गाउँपालिका वडा नम्वर ३ को काल्लाङटार र थापाचोकका टंक के.सीसहित ५ जना माओवादी कार्यकर्ता र शुक्रदेव सुनारसहित ५ जना काँग्रेश कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टी संगठन विभाग प्रमुख तथा १ (क) का प्रदेश सभा उम्मेदवार खगराज अधिकारी र कास्की जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले एक कार्यक्रमका विच स्वागत गरेका थिए ।

नवप्रवेशी कार्यकर्ताहरुले माओवादी र कांग्रेस सर्वहारा जनताको पार्टी बन्न नसकेकाले आफूहरुले पार्टी परित्याग गरेको बताए । साथै उनीहरुले सो क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने अठोट व्यक्त गरे ।

Batas

कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले भष्ट्रचारको अन्त्य साथै मुल्यवृद्धी नियन्त्रण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको सिद्धानत्लाई मुर्त रुप दिने बताए ।

त्यस्तै कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई अत्याधिक मतले विजय गराउन मतदातासँग अनुरोध गरे ।

मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा अहिले एमाले उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उनीहरुले भोट मात्र मागेका छैनन् स्थानियका समस्यालाई पनि आत्मसात गरेर निर्वाचित भएपछि पूरा गर्ने बचन समेत दिएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.