www.tandavnews.com
Fact ~ In search of truth

एमाले उम्मेदवार कार्कीले सार्वजनिक गरे विकासका योजना (पूर्णपाठ सहित)

पोखरा।
गण्डकी प्रदेश सभा सदस्य पदका लागि नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले आफ्नो पाँच वर्षे कार्यकालमा गर्ने विकासका योजना सार्वजनिक गरेका छन् ।

उम्मेदवार कार्कीले शुक्रवार सामाजिक संजाल मार्फत आफ्नो प्रतिवद्वतापत्र (मेरो उम्मेदवारी किन ?) सार्वजनिक गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफू र आफ्नो पार्टीले स्पष्ट भिजन र योजना सहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् ।

उनले देश हाक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गर्दै विकास अभियान व्यवस्थित बनाउन , राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण, मितव्ययी स्वाललम्बी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सिर्जनामा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

Batas

भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, जनअपेक्षा अनुसार संघीयतालाई बलियो बनाउने, देशमा बिद्यमान महँगी,भष्ट्राचार निर्मुल गर्ने,पोखराका ग्रामिण भेग रहेका वडाहरूको पर्यटकीय विकास सहित ग्रीन हिल सिटिको अवधारणा अगाडि बढाउने,गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्त्वपूर्ण नाका बनाउने, प्रदेशको विकासका न्युनतम पूर्वाधार र सुचकाङ्कहरूलाइ अझै सबल बनाउन एमालेको सरकार आवश्यक भएको कार्कीले प्रतिवद्वतापत्रमा उल्लेख गरेका छन् ।

उनले महिला र युवा सशक्तिकरण सहित स्वदेशमै रोजगारी, आधुनिक व्यवसायिक कृषिको विकासमा महत्वपूर्ण ध्यान केन्द्रीत गर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो क्षेत्रमा रहेका वडाहरूलाइ पोखरा अन्य वडामा जोड्न मोटरेबल पूल र सडक निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

उम्मेदवार कार्कीले पूर्ववर्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरका विभिन्न अधुरा विकासका काम पूरा गर्नु अर्को उद्देश्य रहेको बताए ।

उनले नेकपा (एमाले)को केन्द्रीय र प्रदेशको प्रतिबद्धताहरू पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्वता जनाएका छन् ।

हेर्नुहोस प्रतिबद्वताको पूर्ण पाठ :

मेरो उम्मेदवारी किन ?
–समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न ।
–विकास अभियानव्यवस्थितबनाउन, राष्ट्रियता बलियो बनाउन ।
–मितव्ययी र स्वावलम्बी प्रदेश सरकार निर्माण गरि उत्कृष्ट गण्डकी प्रदेश सिर्जना गर्न ।
–भूमिहीन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउन ।
–जन अपेक्षाअनुसार संघीयतालाई बलियो बनाउन ।
– देशमाविद्यमानमहंगी, भष्ट्राचार नियन्त्रण गर्न ।
–पोखराको ट्राफिक व्यवस्थापन गर्न ।
–गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने ।
–प्रदेशको बिकासका सुचकाङ्क र न्यूनतम पूर्वाधारहरुलाई सबल बनाउन ।
–पोखराको फोहोर व्यवस्थापनलाई दीर्घकालीन रुपमा समाधान गर्न ।
–प्रत्येक वडामा प्राविधिक शिक्षा सहितको बहुमुखी क्याम्पस संचालन गर्न ।
–यस क्षेत्रमा रहेका वडाहरू जोड्न थप मोटरेवल पूल र सडक निर्माण गर्न ।
–एक वडा एक सुविधा सम्पन्न अस्पताल निर्माणको अवधारणालाई अगाडी बढाउन ।
–पोखराका ग्रामिण भेगमा रहेका वडाहरूलाई “ग्रीनहिल सिटि” मा परिणत गरि महानगरबासीको अनुभूति दिलाउन
–आफ्नो निर्वाचन क्षेत्रमा एक वडा एक आकर्षक पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटनको विकास गर्न ।
–पूर्ववर्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरूका विभिन्न अधुरा विकासका काम पूरा गर्न ।
–नेकपा (एमाले)को केन्द्रिय र प्रदेशको प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्न ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.