www.tandavnews.com
Fact ~ In search of truth

मङ्सिर ४ पछि पनि गठबन्धनकै सरकार : शशाङ्क कोइराला

कावासोती ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार डा शशाङ्क कोइरालाले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।

नवलपुरको रजहरमा आज वाम लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने र त्यसपछि ५ वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

Batas

कार्यक्रममा कोइरालाले संविधानमाथि भइरहेको निरन्तर प्रहार रोक्नका लागि बनेको गठबन्धनले अबको पाँच वर्षसम्म निरन्तरता पाउने बताउँदै मङ्सिर ४ गतेपछि बन्ने गठबन्धनको सरकारले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरे ।

नवलपुर क्षेत्र नं १ बाट चौथोपटक निर्वाचनमा होमिएका कोइरालाले अबको नवलपुरमा महत्वपूर्ण योजनाहरु सञ्चालन हुने तथा जिल्लालाई प्रदेशकै आर्थिक केन्द्रका रुपमा विकास गरिने समेत बताए ।

कार्यक्रममा गैँडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी करिडोर, त्रिवेणी भन्सारको स्तरोन्नति, त्रिवेणी कोरोला सडक आयोजना, ट्रमा सेन्टर, बिपी अन्तर्राष्ट्रिय खेलग्राम, नमूना सदरमुकाम कृषिमा आधुनिकीकरण जस्ता महत्वपूर्ण योजनाहरु अबको पाँच वर्षभित्र सम्पन्न गरेर जिल्लालाई समृद्ध जिल्लाका रुपमा विकास गरिने कोइरालाले बताए ।

कोइरालाले स्थिरताका लागि बहुमत आवश्यक भएको र अबको निर्वाचनबाट बहुमत आउने दाबी गर्दै स्थिर सरकार बनेपछि विकासको लहर आउने दाबी गरे ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.