www.tandavnews.com
Fact ~ In search of truth

‘मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने छु’ : उम्मेदवार भट्टराई

पाेखरा ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनतप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।

साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँग आज भएको उम्मेदवार परिचय एवम् अन्र्तक्रिया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेकि हुन् ।

Batas

निर्माण व्यवसायिको ढिलासुस्ति को कारण समयमा सम्पन्न हुनसकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले भनिन् ,’सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भइसकेको छ ।’

उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसँग जोड्न बिभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारिकणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

दुःखको परिस्थितिमा आफु अधुरा काम पुरा गर्ने उपनिर्वाचनमा उम्मेदवार बन्दा यस क्षेत्रका मतदाताले पु¥याएको योगदानको उच्च कदर गर्दै नेतृ भट्टराईले निती निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्वन्धमा भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन् ।

निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटनेमा उनको जोड थियो ।

मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भिरस्वारा टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र पौडेल,मट्टीखान टोल विकास संस्थाका निर्वतमान अध्यक्ष जुद्धवहादुर क्षेत्री,ध्वाँकोट टोल विकास संस्थाका राजकुमार थापा, विजय पौडेल लगायतले सो क्षेत्रको विकास निर्माणसंगै समस्या र समाधानका बारेमा उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.