www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको दम्भः भने, ‘अहिलेसम्मकै पपुलर प्रधानमन्त्री हुँ म’

काठमाडौं
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अहिलेसम्मकै पपुलर प्रधानमन्त्री भएको जिकिर गरेका छन् ।

आफू देशकै सबैभन्दा लोकप्रिय नेता रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने ‘संसदमा दुई तिहाई नजिक सांसदको समर्थनमा सरकार चलाउने मान्छे हुँ म । सबैभन्दा बढी पपुलर मतले चुनाव जित्ने मान्छे हुँ म । अनि मैले गराएको निर्वाचनमा भाग नलिने ? अनि के सडकबाट बनेको व्यक्तिले गराउने चुनाव ?’

Batas

ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा लागेको आरोप समेत लगाएका छन् ।बालुवाटारमा पत्रकारहरुसँग प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र त्यसको नेतृत्व जसरी पनि कब्जा गर्ने प्रचण्डपथको बाटोमा लागेको आरोप लगाए ।

ओलीले भने ‘कांग्रेस उत्तेजना, आक्रोश र कब्जाको शैलीका लागि प्रचण्डलाई गुरु थापेर हिडेको छ ।’जनताबाट निर्वाचित सरकारले गराएको निर्वाचनमा भाग नलिने हो भने कस्तो प्रजातन्त्रको बाटोमा हिंड्दै छ कांग्रेस ? उनले भने ।

आफूलाई प्रजातन्त्रवादी भन्नेहरुको शैली देख्दा आफूलाई ताज्जुब लागेको भन्दै कांग्रेसका नेताहरुले केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने भनेको सुन्दा आश्चर्य लागेको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.