www.tandavnews.com
Fact ~ In search of truth

अर्मलामा राप्रपाको घरदैलो कार्यक्रम

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फ बाट कास्की क्षेत्र नं– २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुर्वण राज पन्तले अर्मलाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेका छन् । उनले सडक पूर्वाधारलाई पहिलो प्रथामिकतामा राखेको बताएका छन् ।

पन्तले अर्मलाकोटलाई प्रचारप्रसार गर्न सके पर्यटकीय दृष्टीले निकै सम्भावना रहेको बताउदैँ यसको प्रर्वद्धन गर्ने प्रयासरत रहेको बताए । उनले भने,“अर्मलाको समग्र विकासको जिम्मा लिन तयार छु । यहाँको स्वास्थ्य, शिक्षा र खानेपानिको समधानमा प्रतिवद्ध भएर लाग्ने छु ।”

उनले महेन्द्रगुफमा आन्तरिक पर्यटन प्रर्वद्धन र संरक्षणका लागि आफू लागि परेको पनि बताए । मंगलबार पोखरा–१६मा भएको कार्यक्रममा राप्रपा सर्मथित तथा अन्य जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.