www.tandavnews.com
Fact ~ In search of truth

जैमुरेमा २ लेनको पक्की पुल आवश्यक छ : विन्दु थापा

पोखरा।
कास्की क्षेत्र नं. २(२) का प्रदेशभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले पोखरा १६ स्थित जैमुरेमा पक्की पुलको आवश्यकता महसुस गरेको बताएका छन् ।

गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थापाले बुधबार पोखरा महानगरपालिका १६ स्थित जैमुरेमा भएको कोणसभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले महानगरको ठूलो र शिक्षित वडामा पर्ने १६ नं. वडा विकास र संवृद्धिको हिसाबले निकै पछि परेको सुनाउँदै उक्त क्षेत्रको विकासमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले ठूलो रकमको आयोजना पारेको बताए ।

थापाले आफु घरदैलो कार्यक्रममा आउँदै गर्दा जैमुरेमा पक्की पुलको आवश्यकता देखेको बताउँदै यो समस्याको समाधान छिटो नै गर्ने बताए । ‘यहाँको पुल जीर्ण अवस्थामा भएको मैले महसुस गरे । जीर्णपुलले अब चल्दैन । त्यो भत्काएर २ लेनको पक्की पुल निमार्ण गर्नपर्ने देखियो ।’, उनले भने, ‘यो काम पनि चाडै नै हुन्छ यसका लागि बैकल्पिक सडक बनाएर बनाउनुपर्ने अवस्था छ । त्यसको लागि तपाईँहरुको साथ र सहयोग चाहिन्छ ।’
थापाले गत आर्थिक वर्षमा वडा १६ मा २२ करोड रुपैयाँको योजना परेको र चालु आर्थिक वर्षमा भने १ अर्ब १८ करोडको आयोजना परेको सुनाए ।

Batas

वडा १६ कतिपय स्थानमा अझै पनि पक्की बाटो नपुगेको र भएका पनि स्तरोन्नति गर्न आवश्यक रहेको सुनाउँदै थापाले विकासको पहिलो खुड्किलो नै सडक रहेको भनाई राखे ।

उनले वडाबासीबाट आउँदा दिनमा पनि काम गर्ने अवसर दिनेमा आफु आशावादी रहेको बताए । उनले पाँच वर्षमा प्रदेशमा जग राखी विकासका आधारशिला तयार गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र सम्वृद्धिको रहेको सुनाए ।
‘विकासका लागि चाहिने संरचना बनायांै । अब विकासको लहर लाग्छ । हाम्रो क्षेत्र उर्जाको अथाहा सम्भावना बोकेको क्षेत्रपनि हो । अहिले सम्म ६५० मेगावट मात्रै १२ हजार उत्पादन गर्न सक्छौ’, उनले भने, ‘यदि हामीले १२ हजार मेगावटको जलविद्युत निकाल्न सकेमा युवाहरु विदेशीन बाध्य हुने छैनन् । स्वदेशमै रोजगारको अवसर सृर्जना हुन्छ । त्यतिमात्रै होइन् वडा १६ लाई पर्यटनको हवको रुपमा समेत विकास गर्न आवश्यक छ । अर्को कुरा यो कृषि पकेट क्षेत्रपनि हो यहाँ कृषिका अथाह सम्भावना हामीले देखेका छौँ ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.