www.tandavnews.com
Fact ~ In search of truth

छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : अध्यक्ष प्रचण्ड

गोरखा 
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनैतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले छिटोछिटो आर्थिक क्रान्ति सम्पन्न गर्न नेपालकै मध्य भागमा रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ रोजेको बताएका छन्।

आज जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित घ्याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “राजनैतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनैतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ” ।

गोरखा २ बाट जितेर विकास निर्माणलाई पूर्णता दिनेछु । मैले जितेका निर्वाचन क्षेत्र चितवनमा ६११ किलोमिटर बाटो कालोपत्रे भएको छ । म हिँडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता गर्दछु, प्रचण्डले भने।

Batas

राष्ट्रिय प्रसारणको विद्युतलाई यस गाउँमा ल्याउन आफूले पहल गर्ने शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडीबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देशैभरि र विश्वभरि दिने उनले बताए।

राजनैतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका गोरखा निर्वाचन क्षेत्र उपयुक्त रहेको मेरो ठम्याइ छ । यो आर्थिक क्रान्तिको यात्रामा तपाईँहरू सबैको साथ र सहयोगको अपेक्षा गरेको छु अध्यक्ष प्रचण्डले भने।  चुनावी कार्यक्रमका लागि आज गोरखा आएका नेता प्रचण्ड मुच्चोक, जौवारी, ताकु लगायतका क्षेत्रमा जाने कार्यक्रम रहेको नेपाली काँग्रेसका गोविन्द गुरुङले जानकारी दिए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.