www.tandavnews.com
Fact ~ In search of truth

‘प्रतिस्पर्धी छ नै भन्ने लाग्दैन’ : किशोर दत्त बराल

पोखरा।
नेपाली कांग्रेस कास्कीका सभापति एवं कास्की क्षेत्र नं. १ का उम्मेदवार किशोर दत्त बरालले आफ्नो प्रतिस्पर्धी नै नरहेको बताएका छन् । जनताको माझमा घर दैलोमा जादाँ आफूले दरिलो प्रतिस्पर्धी नै नभेटेको उनले बताए ।

पाँच दलिय गठबन्धनका कारण थप सहज भएको बताउदैँ उनले भने,‘जनतामा निकै उत्साहा छ । गठबन्धनले थप उत्साहा थपिएको छ । यसले हामीसँग प्रतिस्पर्धी नै नरहेको अनुभति भएको छ ।’

नेपाली काँग्रेस कास्कीका सभापति समेत रहेका बरालले चुनाव पछि जनताको बिचमा छलफल गरेर नै विकासका योजना बनाइने बताए ।

Batas

‘बहिरबाट आएका योजना भन्दा पनि जनताको मनोभावना बमोजिमको योजना बनाइने छ ।’ बरालले भने ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.