www.tandavnews.com
Fact ~ In search of truth

युवालाई देशमै रोजगारको ब्यवस्था गरिने छ : उम्मेदवार पन्त

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कास्की क्षेत्र नं–२का उम्मेदवार रहेका सुर्वण राज पन्तले युवालाई देशमै रोजगारीको ब्यवस्था गरिने बताएका छन् । आज पोखराका विभिन्न स्थानमा भएको घर दैलो कार्यक्रममा उनले युवालाई पढ्दै कमाउदै कार्यक्रम ल्याइने बताए ।

आज भएको कार्यक्रममा पन्तले पोखरा ३३ महानगरपालिको कर्णाली रहेको बताएका छन् । ‘विकासका दृष्टिले पोखरा ३३ कर्णाली जस्तै हो।’ उनले भने,‘यहाँ स्वास्थ्यको पूर्वाधार निमार्ण आवश्यक छ । विकासका हिसावले निकै पछाडी रहेको ३३मा रेल, रंगशाला भन्दा पनि स्वास्थ्य र गुणस्तरिय शिक्षाको जरुरी छ ।’

जनतालाइ ठूला ठूला गफ भन्दा पनि सामान्य भान्साकाे समस्या महत्वपूर्ण रहेकाे पन्तले बताए । उनले पोखराको तमाम समस्याको समाधनका निम्ति आफू कटिबद्ध रहेको समेत बताए ।

Batas

राप्रपाले आयोजना गरेको घर दैलो कार्यक्रममा मतदाताको उत्साहाजनक उपस्थिती रहेको थियो । उपस्थिती अधिकांश मतदाताले युवा उम्मेदवारलाई मतदान गर्ने आतुर रहेको समेत बताएका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.