www.tandavnews.com
Fact ~ In search of truth

जथाभावि फोहोर फाल्दा प्रदुषित बन्यो हर्पन खोला

पोखरा।
पोखरा महानगरपालिका वडा नं.–२३मा रहेको हर्पन खोलामा जथाभावि फोहोर फाल्दा खोला प्रदुषित भएको छ । महानगरपालिकाको फोहोरको गाडी समयमै नपुग्दा स्थानियले फोहोर खोला फालेका हुन् ।

फेवातालको मुहानमा रहेको र्हपन खोला र खहरे खोला प्रदुषित हुदाँ फेवातालको पानि समेत प्रदुषित हुन सक्ने स्थानियले बताए ।

फोहोरको उचित ब्यवस्थापन नगर्दा खोलामा जथाभावि फालिएका रक्सीका फुटेका बोतल, प्लाष्टिकका बोतलले खोलाको सौन्र्दयतामा समेत गिरावट आएको छ ।

Batas

महानगरपालिकाको फोहोरको गाडी समयमै नपुग्दा उक्त समस्या सिर्जना भएको स्थानियको बुझाइ छ । पोखरा–२३ का एक स्थानियले भने,“महानगरले समयमा फोहोर नउठाउदा फोहोर गनाउने भएपछि स्थानियले खोलामा फाल्न बाध्य भएका छन् ।”

पोखरा महानगरपालिकाको फोहोरको गाडी समयमा नपुगेको स्थानियले गुनासो गरे । फोहोर ब्वस्थापनमा पालिका जिम्वेवार नबने संक्रमणजन्य रोगको त्रास रहेको स्थानिय बताउछन् । उनीहरु भन्छन् । “खोला प्रदुषित हुदाँ फेवाताल लगाएतका पर्यटकीय क्षेत्रमा दुर्घन्ध फैलिने त्रास बढेको छ । महानगरले समयमै यसको दिगो समाधान गरेन भने । संक्रमणजनय रोगको त्रास फौलिन सक्छ ।”

पोखरा महानगरपालिका वडा नं.–२३ वडा अध्यक्ष राम काजी गुरुङले दुर्घन्ध फैलिएको बारेमा जानकारी नभएको बताए । “जथाभावि फोहोर फालेको भन्ने सुचना आएको छ । तर दुर्घन्ध फैलिएको सुचना आएको छैन ।”उनले भने,“महानगरसँग समन्वय गरेर महिनामा दुई पटक फोहोर उठाउने गाडी आउने सहमति भएको छ ।”

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.