www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा हृदयरोग उपचार केन्द्र

पाेखरा।

गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष(सिसियु) मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिए।

दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उक्त केन्द्र शुभारम्भ गर्दै यसबाट पोखरा र आसपासका मुटुका रोगी लाभान्वित हुने विश्वास व्यक्त गरे।

स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाका क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताए। कलेजका प्राचार्य प्रा.डा.रविन्द्र श्रेष्ठले ३०० शय्याबाट विभिन्न रोगको विशेषज्ञ सेवा सहित उपचार गर्दै आइएकामा सुधार गर्दै हाल ५५० शय्यामा पु¥याइएको जानकारी दिए। उक्त अस्पतालबाट दैनिक ७०० देखि ८०० सेवाग्राहीले बहिरङ्गबाट सेवा लिइरहेको र अन्तरङ्ग विभागमा २५० देखि ३५० विरामीको उपचार हुँदै आएको छ ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.