www.tandavnews.com
Fact ~ In search of truth

ज्येष्ठ सांसद जबराले भोलि दिउँसो शपथ लिने

काठमाडौँ।
नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुलाई ज्येष्ठ सांसद पशुपति शमसेर जबराले पर्सी पुष सात गते शपथ गराउने छन्।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सांसद जबराको उमेर ८१ वर्ष १० दिन रहेकोले उनी ज्येष्ठ सांसद तोकिएका हुन् ।
अर्का सांसद चित्रबहादुर केसी ८० वर्ष १० महिना पुगेकाले संसद सचिवालयले सांसद जबरालाई ज्येष्ठ सांसद ठहर गरेको हो ।

ज्येष्ठ सांसदको हैसियतमा सांसद जबराले भोलि दिउँसो १ बजे राष्ट्रपति समक्ष शपथ ग्रहण गरेपछि पर्सी उनले संसद भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.