www.tandavnews.com
Fact ~ In search of truth

एकीकृत समाजवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ।

नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएका हुन्।

बैठकमा सत्तागठबन्धनमा अहिलेसम्म भएका प्रयासका साथै नयाँ स्थितिमा सरकार निर्माण भएमा पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमा अहिले बस्ने बैठकले कसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने वा प्रतिपक्षमा बस्नेलगायत महत्वपूर्ण निर्णय लिनेछ ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.