www.tandavnews.com
Fact ~ In search of truth

नवस्मृतिका विद्यार्थीलाई अनेरास्ववियुको न्यानो

कावासोती।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नवलपुरले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको छ । हुप्सेकोट गाउँपालिका–४, झातेमा रहेको नवस्मृति आधारभुत विद्यालयका ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

जिल्लाको पहाडी क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर र टोपी वितरण गिरिएको अनेरास्ववीयु नवलपुरका संयोजक ठाकुर पराजुलीले बताए। अनेरास्ववीयुको अभियानमा सहयोग गर्ने दाताहरुको सहयोगमा संकलन गरिएको रकमबाट स्वीटर र टोपी वितरण गिरएको उनले सुनाए। साथै मध्यविन्दु आखा उपचार केन्द्रको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अन्य स्थानीयको आखा जाँच समेत गरिएको थियो।

Batas

कार्यक्रमका प्रमुख अतिथ्य राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मदन गिरीले पहाडी क्षेत्र र विपन्न परिवारलाई लक्षित गरि अनेरास्ववीयुृले सुरु गरेको यो अभियानमा आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता जनाए । कार्यक्रममा अनेरास्ववीयु जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.