www.tandavnews.com
Fact ~ In search of truth

विविधतामा एकतायुक्त समाज नै नेपालको राष्ट्रिय पहिचान : प्रधानमन्त्री

काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधतायुक्त समाज नै नेपालको विशिष्ट पहिचान भएको हुनाले यसको संरक्षण र विकास गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्।  तमु ल्होसारका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले विविधतामा एकतायुक्त समाज नै नेपालको राष्ट्रिय पहिचान भएको बताका हुन्।

प्रधानमन्त्री प्रचण्डले नेपालमा परापूर्व काल देखी बसोबास गर्दै आएका विभिन्न जातजाति र धर्म संस्कृतिका व्यक्तिहरू बीचको एकता जोगाउन सके मात्रै नेपालको राष्ट्रिय पहिचान जोगाउन सकिने बताए।

प्रधानमन्त्री प्रचण्डले तमु समुदायमा प्रचलनमा रहेको पात्रो नेपालका प्राचीन पात्रोहरू मध्ये एक भएको बताउदै यसको संरक्षणका लागि आवश्यक प्रबन्ध गर्न सरकार तयार रहेको पनि बताए।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.