www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डलाई प्रधानमन्त्रीमा २ सय ६८ सांसदकाे मत, विपक्षमा जम्मा २ मत

काठमाण्डाै।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउएका छन्। आज मङ्गलवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उनले विश्वासकाे मत पाएका हुन्।

मतदानमा प्रधानमन्त्री प्रचण्डकाे पक्षमा दुई सय ६८ मत खसेकाे हाे । त्यस्तै उनकाे विपक्षमा दुई मत खसेकाे छ । आज दुई सय ७० सांसद उपस्थित थिए ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेर हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका दिए ।

Batas

त्यसबाहेक दाहाललाई प्रधानमन्त्रीमा समर्थन नगरेको दल कांग्रेसले पनि विश्वासको मत दिएको छ । दाहाललाई विश्वासको मत दिने÷नदिने विषयमा कांग्रेसभित्र पादाधिकारीबीच मत बाझिएको थियो । तर, पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले विश्वासको मत दिने निर्णय गरेको थियो ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर पार्टी र स्वतन्त्रबाट जितेका योगेन्द्रले दाहाललाई विश्वासको मत नदिने घोषणा गरेका छन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.