www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सार्वजनिक गरियो सामसुङ ग्यालेग्सी ‘एस २३ सिरिज’, मूल्य कति ?

पोखरा
ताण्डव न्यूज ।

सामसुङको नयाँ फ्ल्यागशिप ‘ग्यालेक्सी एस २३ सिरिज’ पोखरामा सार्वजनिक गरिएको छ । आज एक कार्यक्रमका बिच बहुप्रतिक्षित ग्यालेक्सी एस २३ सिरिजका तीन मोडल सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बुद्धिराज गुरुङ, आइएमएस ग्रुपका जनरल मेनेजर कैलाश एैयर र सृष्टि शाक्यले उक्त मोडलहरु सार्वजनिक गरे ।

फिचर के-के छन् ? मूल्य कति ?

Batas

यस सिरिज अन्तर्गत ग्यालेक्सी एस २३, एस २३ प्लस र एस २३ अल्ट्रा छन् ।

‘श्यर दी एपिक’ ट्याग लाइन दिइएको यि सिरजको एस २३ अल्ट्रामा २०० मेगापिक्सलको क्यामेरा छ । कम्पनीले क्यामेरा, प्रोसेसर, डिस्प्ले र ब्याट्रीको उत्कृष्ट पर्फमेन्समा जोड दिएको छ ।
क्यामरामा रहेको एडाप्टिभ पिक्सल सेन्सरको कारण यस मोडेल मार्फत उत्कृष्ट लो लाईट फोटोग्राफी प्राप्त गर्न सकिन्छ ।

एस २३ अल्ट्रामा रहेको ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री, त्यस्तै एस २३ प्लसमा रहेको ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री तथा स्न्यापड्रागनको ८ जेन २ प्रोसेसर कारण यो गेमिङ सेक्सनमा पनि प्रभावकारी छ ।

यस सिरिजको एस २३ अल्ट्रा ‘१२/५२१ जिबि’को मुल्य २ लाख ९ हजार ९ सय ९९ छ भने ‘१२/२५६ जिबि’लाई १ लाख ९१ हजार ९ सय ९९ रुपैयाँ छ ।

यस्तै एस २३ प्लस ‘८/२५६ जिबि’ को मुल्य १ लाख ५१ हजार ९ सय ९९ राखिएको छ ।

एस २३ ‘८/२५६ जिबि’लाई १ लाख २७ हजार ९ सय ९९ मुल्य तोकिएको कम्पनीले जनाएको छ ।

‘वल्र्डवाइड अनभिल’ भएसँगै नेपालमा पनि यसको प्रि-अर्डर खुला गरिएको छ । प्रि-अर्डरमा ग्राहकले एक वर्षका लागि ब्रेकेज इन्स्योरेन्स, स्मार्ट कभर, शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता र एक्सेन्जको सुविधा प्राप्त गर्नेछन् ।

यहि फेब्रुअरी २ देखि सुरु भएको प्रि-अर्डर अफर फेब्रुअरी २२ सम्म रहने छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.