www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी

पोखरा।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन्।

सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखे।

“यो हाम्रो विश्वविद्यालय जस्तै हो, यहाँ रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने। अवलोकनकर्तालाई प्रदेश सङ्ग्रहालयमा आकर्षित गर्न उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनले बताए।

Batas

मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको उल्लेख गरे। रु एक करोड ८९ लाख ८६ हजारको लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.