www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.