www.tandavnews.com
Fact ~ In search of truth

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ।

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए। उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताए।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.