www.tandavnews.com
Fact ~ In search of truth

बाढीमा परी टर्कीमा २७ को मृत्यु

टर्की ।

टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Batas

शुक्रबार रातभरिमा मृतकको संख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ ।

राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरु भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरु संसारभरि नै बढेको विज्ञहरुले बताएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.