www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री अधिकारीद्वारा कास्की कारागार निरीक्षण

पोखरा।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कास्की कारागार निरीक्षण गरेका छन् । मुख्यमन्त्री अधिकारीले कारागारको सबै ब्लकमा पुगेर कैदिबन्दीको गुनासो सुन्नुभएको थियो ।

कैदिबन्दीले अधिक क्षमता रहेका कारण बस्न समस्या भएको भन्दै ब्यबस्थापनको माग गरेका थिए । मुख्यमन्त्री अधिकारीले महिला र पुरुष दुवै ब्लकमा पुगेर कैदिबन्दीसग भेट गरेका थिए ।

कारागार प्रमुख भिमराज कोइरालाले क्षमता भन्दा बढी कैदिबन्दी रहेकाले त्यसतर्फ केन्द्र सरकारसंग समन्वय गरिदिन आग्रह गरेका थिए । मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले सक्ने सहयोग गर्ने बताए । उनले कारागार केन्द्र सरकार अन्तरगत भएपनि यसको सहि ब्यबस्थापनका लागि केन्द्र सरकारसग समन्वय गर्ने बताए ।

Batas

कारागारमा भान्सा, बस्ने ठाउँ र कैदिबन्दीहरुको व्यक्तिगत समस्याहरु लिखित रुपमा उपलब्ध गराउन उनले आग्रह गरे । कारागारमा महिला बल्कमा ४६ महिला,क ब्लकमा ३ सय ४२ र ख ब्लकमा ३ सय ६८ पुरुष गरि कुल ७ सय ६३ कैदिबन्दी रहेका छन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.