www.tandavnews.com
Fact ~ In search of truth

उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ : नेता सिंह

महेन्द्रनगर।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताएका छन्।

आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी कार्यालयमा उपराष्ट्रपतिको उम्मेदवार ल्याउन जसपा स्वतन्त्र छ कि कांग्रेसको केही इच्छा छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता सिंहले राष्ट्रपतिको निर्वाचनपछि त्यस विषयमा दलबीच परामर्श हुने बताए। उनले राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने र जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरिने बताए।

नेता सिंहले पार्टी सभापति देउवालाई पाँच वर्ष प्रधानमन्त्रीमा एमालेले प्रस्ताव गरेको कुरा आफ्नो जानकारीमा नरहेको स्पष्ट पारे।

Batas

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेता आनन्द ढुङ्गाना प्रदेश सांसद शेषनारायण यादव, कुमारकान्त झा, धनुषा सभापति योगेन्द्र पजियारसहितको उपस्थिति थियो ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.