www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति निर्वाचनमा रास्वपाले भाग लिने

काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको बैठक आज बिहान ११ बजे बसेको थियो । पार्टीका प्रवक्ता एव्म महामन्त्री डा मुकुल ढकालले बैठकको मतदान गर्नेबारे निर्णय भएको जानकारी दिएका छन्।

मतदान दिने निर्णय गरे पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसन्बन्धी ऐन, २०७४ बमोेजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले कसलाई मतदान गर्ने हो भन्नेबारे धारणा सार्वजनिक नगर्ने बताए। उनले भने, “आचारसहिंताको मर्मलाई पालना गर्दै हामी सर्वसहमत भएको र कस्लाई मतदान गर्ने भन्ने निर्णय सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।”

Batas

पार्टीका सभापति एवं सङ्घीय संसद् डोलप्रसाद अर्यालले भने, “बैठकले फलानो पार्टीलाई मतदान गर्ने भनेर निर्णय भएको छ । सोही निर्णयअनुसार हाम्रा सांसदहरु मतदान गर्दै हुनुहुन्छ । आचारसंहिता लागू भएका कारण कसलाई मतदान गर्दैछौँ भन्न सक्दैनौँ ।”
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.