www.tandavnews.com
Fact ~ In search of truth

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

Batas

रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । भालि शुक्रबार पनि लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना छ ।

आज काठमाडौँमा मौसम सफा रहेको छ । बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.