www.tandavnews.com
Fact ~ In search of truth

घुस लिएको आरोपमा प्रमुख प्रशासकिय अधिकृतसहित तीन जना पक्राउ

भैरहवा।
रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, सोही गाउँपालिका–७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई रु ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरीका आधारमा उनीहरूलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज बिहान साढे ११ बजे पक्राउ गरिएको दहालले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.