www.tandavnews.com
Fact ~ In search of truth

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

पोखरा।
पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ ।

सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या पर्ने गरेको बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभागितामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताए।

गुणस्तरीय र सङ्ख्यात्मकमा मात्र नभई असल संस्कार प्रदान गर्नेतर्फ सामुदायिक शैक्षिक संस्था लाग्नुपर्ने उल्लेख गर्दै उनले पछिल्लो पुस्ता संस्कारका सिकाइबाट बिमुख हुँदै गएको बताए।

Batas

बाँस्तोलाथर टोल विकास संस्थाका प्रकाश बाँस्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको जनाउँदै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने धारणा राखे।

जनकल्याण महिला समूहकी अध्यक्ष विमला परियारले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभावकको कर्तव्य पूरा नहुने बताउँदै उनीहरूको पढाइको अवस्थासँगै शिक्षकको अध्यापन शैलीबारे चासो दिनुपर्ने आवश्यकता औँल्याइन्।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक संस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने जनाउँदै सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिनेमा जोड दिए। पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताए।

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्रमुख शिशुकला पराजुलीलगायतले सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएको भन्दै यसको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

समुदायकै सहयोगमा विसं २०४४ मा स्थापित क्याम्पस हाल पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बाटिकामा सञ्चालन भई चारवर्षे स्नातक तहमा बिए र बिबिएस तहको अध्यापन भइरहेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.