www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

पाेखरा।
कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार चार सय एक खोप लगाइएको छ । गाई–भैँसीमा नै हुने भ्यागुुते र चरचरेविरुद्ध २६ हजार तीन सय ७१ खोप लगाइएको छ भने बङ्गुरका स्वाइनफिबरका लागि करिब १५ हजार खोप लगाइएको छ ।

त्यस्तै भेडाबाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेबिजविरुद्ध ६१ हजारभन्दा बढी खोप लगाइएको डा पाण्डेले जानकारी दिए । खोप लगाउन गाउँ–गाउँमा ‘किसान सचेत कार्यक्रम’ सञ्चालनमा छ । ‘हेम्जा गाई फार्म’का सञ्चालक घनश्याम तिमिल्सिनाले प्रभावकारी रहेकाले खोरेतविरुद्धको खोप दुईपटक र अन्य  एकपटक लगाउने नीति सरकारले लिनुपर्ने बताए ।

Batas

कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै यस वर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको जानकारी दिए । भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ । सबै किसिमको खोप गाउँपालिकामा पुर्याउने उनको भनाइ छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.