www.tandavnews.com
Fact ~ In search of truth

नमुना पशु अस्पतालबाट ४ जिल्लाका कृषक लाभान्वित

तनहुँ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र नवलपरासीलगायत आसपास क्षेत्रका कृषकले सहजै सेवा पाउने भएका हुन् ।

गण्डकी प्रदेश सरकारको रू ४ करोड ९० लाख लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीका साइट इञ्जिनियर शिव सुनारले जानकारी दिए। उनका अनुसार हालसम्म ५० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत रू १० करोड लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको उनले जानकारी दिए।

Batas

देशका ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए। अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपन्छीको उपचार गर्नेछन् । भवनको भुई तलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्रविधिक जनशक्तिको व्यवस्था गरिने छ ।

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता राखिएको उनले बताए। “महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कम गरी किसानको आम्दानी बढाउन सकिन्छ”, श्रेष्ठले भने।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.