www.tandavnews.com
Fact ~ In search of truth

अग्रज पत्रकार ‘सल्यानी’ प्रेस चौतारी प्रवेश

पोखरा, ताण्डव न्यूज

प्रेस चौतारी नेपालमा पोखराका अग्रज पत्रकार आरजु विष्ट ‘सल्यानी’ प्रवेश गरेका छन् । विगत २ दशकदेखी पत्रकारितामा सक्रिय रहेका सल्यानी पोखरामा एक कार्यक्रमका बिच प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् ।

सल्यानीलाई प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, प्रेस चौतारी गण्डकी इञ्चार्ज रामकृष्ण शर्माले अबिर तथा खादा लगाएर स्वागत गरेको प्रेस चौतारी नेपाल कास्की अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

Batas

स्वागत गर्दै उपाध्यक्ष पाण्डेले प्रेस चौतारी सबै पत्रकारको साझा मुद्धा बोक्ने संगठन भएको बताए । पत्रकार सल्यानी जस्तै लामो समयदेखि सक्रिय पत्रकारहरुलाई समेत चौतारीमा समेटेर लैजाने प्रतिबद्धता ब्यक्त गरे । इञ्चार्ज शर्माले चौतारीलाई बलियो बनाउन यसरी नै सबै लागि पर्नुपर्ने बताए ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकीका सह इञ्चार्ज श्याम कुवँर, केन्द्रिय सदस्य प्रकाश पौडेल, सह संयोजक रुद्र श्रीष, प्रदेश सदस्य हरि बाँस्तोला र प्रेस चौतारीका नेता राजु सेवेदीले शुभकामना दिएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.