www.tandavnews.com
Fact ~ In search of truth

आमा ! तिम्रो हात सधै मेरो शिरमा होस्

शुभद्रा शर्मा वाग्ले
किबदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफुसित लगेको रोटी जब पोखरीको किनारमा बसी खान खोज्दा जती पल्ट रोटी निकालेर खान खोज्यो उति पल्ट उस्का सबै रोटी तलाउमा झरे । अनि उ आफै तलाउमा हामफालेर हेर्छ त उस्की स्वर्गबसी आमा पो उस्का रोटी जती सबै हातमा लिएर बसेको देखेरे गोठालोले कर ग¥र्यो । आमालाई आफैसित घर लान । आमा मनिनन् । गोठालो ले पनि जिद्दी कस्यो आमालाई घर नलिजान्न भनेर ।

अनि आमाले केहि सिप नलागे पछी प्रत्येक बर्ष आजकै दिन आफु यही पोखरीमा आउने र दर्शन दिने बताएपछी गोठालो घर फर्कियो । अनि गाउँ भरिका मान्छेहरु प्रत्येक बर्ष उक्त तलाउमा जादै आफ्नी स्वर्गबासी आमाको दर्शन गर्न थाले र तेही दिनलाई माता तिर्थ औशी को रुपमा मनाउन थाले । कालन्तरमा एक बर्ष एउटी नारी धेरै समय सम्म पर्खदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरिन । त्यही बर्षबाट आमाको तस्विर तलाउमा देखिन छाडेको किवदन्ती छ भनिन्छ । आज पनि आमा नभएकाहरु उक्त तलाउमा माता तिर्थ औशीको दिन नुहाउछन् । जस्लाई ‘माता तिर्थ कुन्ड’ भनिन्छ ।

आमा एउटा यस्तो शब्द जो उच्चारण गर्दा सम्मान र महशुस गर्दा न्यानोको महशुस हुन्छ । सन्तानले पहिलो उच्चारण गर्ने शब्द पनि आमा हो । करुणा र माया बोक्ने आमा जसले आफ्ना रहरलाई थाती राखेर हाम्रा रहर पूरा गर्छिन् । आमालाई पृथ्वी र धरातलसँग दाजिएको हुन्छ । आमाको जस्तो निस्र्वाथ माया कसैको हुँदैन । नातिनि, छोरी, बुहारीको भूमिका निर्वाह गर्दै जिम्मेवारी काँधमा बोकेर आफ्ना खुसिलाई पैतलाले कुल्चेर सन्तानकै खुसिमा रमाउन सक्छिन् आमा ।

Batas

केही कुराको आशा नराखी सन्तानकै उन्नती र प्रगतीको कामना गर्ने आमा नै हुन् । आमाको मुख हेर्न भन्दापनि आमालाई मुख देखाउन योग्य सन्तान भैदिए नौ महिनागर्वमा राख्दाको पीडा र प्रसवलाई बिर्सेर शिर ठाडो पार्ने छन् । कसैको सफलतामा कोहि एकदम खुसि हुन्छन् भने त्यो आमा नै हुन् ।
यस्ती महान आमा तिमीलाई कुनै शब्दले बयान गर्न सकिन्छ । न दश धारा दूधको भारा नै तिर्न सकिन्छ । संसारमा तिमी जस्तो अमूल्य कोही छैन् । आमा म तिम्रो आर्शिवादको सधै भोको रहनेछु । तिम्रो हात सधै मेरो शिर माथि रहि रहनेछ ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.