www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा चैते धान खेती घट्दो

तनहुँ।
तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ ।

चैते धान खेती बर्सेनि घट्दै गएको बताउछन् कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी । अहिले जिल्लामा चैते धान रोपाइँँ भइरहेको छ । करिब ७० प्रतिशत रोपाइँँ कार्य सम्पन्न भएको उनले जानकारी दिए।

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ कार्य प्रभावित भएको छ । उनले भने, “युवा शक्ति विदेशिदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको छ ।”

Batas

चैते धान प्रायः चिउराको लागि प्रयोग गरिन्छ । चिउरा मिल सञ्चालकले चैते धान खरिद गरिदिँदा कृषक उत्साहित हुने गरे पनि पछिल्लो समय चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दै गएको उनले सुनाए।

जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिकामा र बन्दीपुरका केही स्थानमा अहिले पनि चैते धानखेती गरिँदै आइएको छ । चैते धान काट्ने थन्काउने समयमा पानी पर्ने र पानीले भिजेको धानको गुणस्तरसमेत घट्ने हुँदा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने समस्याले पनि कृषक यस खेतीतर्फ आकर्षित हुन छाडेको उनले बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.