www.tandavnews.com
Fact ~ In search of truth

ओखलढुंगामा बस दुर्घटना, तीनको मृत्यु, १७ घाइते

ओखलढुंगा ।

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।

बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये पाँचकोे अवस्था गम्भीर छ । गम्भीर अवस्थाका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ ।अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ ।

पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.