www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा सङ्क्रामक र सरुवा रोग अस्पतालको तयारी

पोखरा ।

गण्डकी प्रदेश सरकारले प्रदेशमा सङ्क्रामक र सरुवा रोगको महामारीविरुद्ध लड्न अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न अस्पताल स्थापना र सञ्चालनको तयारी गरेको छ ।

सरकारको आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक, बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता बुधबार प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सङ्क्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिने जानकारी दिए । प्रदेशभित्र मुटु, मिर्गाैला, क्यान्सर, मातृ तथा बालरोगसम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री गुरुङले बताए ।

Batas

प्रदेश मातहतका जिल्ला अस्पतालमा तीनदेखि पाँच श्ययाको सघन उपचार कक्ष (आइसियु) को स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिन बजेट सुनिश्चित गरिने उल्लेख गर्दै उहाँले जिल्ला अस्पतालको थप सेवा तथा श्यया विस्तार गर्न पनि आवश्यक बजेट विनियोजन गरिने जानकारी दिए । सरकारले प्रदेशका समग्र स्वास्थ्य क्षेत्रको सुदृढीकरण गर्न प्रदेशका सबै अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा एवं स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकास, औषधि सामग्री खरिद र उपलब्धता तथा दक्ष जनशक्तिको व्यवस्थापन एवं क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने र प्राथमिकताका आधारमा नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

मन्त्री गुरुङका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मातहतका प्रयोगशालाको पूर्वाधार विकास, आवश्यक उपकरण जडान, दक्ष जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई जोड दिइनेछ । प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गर्दै मन्त्री गुरुङले प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेशका रुपमा कायम राख्न प्रदेश खोप कोषमा थप बजेट विनियोजन गरिने जानकारी दिए ।

गर्भवती, शिशु, बालबालिका र किशोरीको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन बहुपक्षीय पोषण सुधार कार्यक्रमका लागि बजेट विनियोजन गर्ने सरकारको तयारी छ । समग्र स्वास्थ्य प्रवद्र्धनका लागि समुदायस्तरमा स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन, अति दुर्गम र दुर्गम क्षेत्रका स्वास्थ्य जटिलतामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको जीवन रक्षाका लागि समयमै सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री गुरुङले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.