www.tandavnews.com
Fact ~ In search of truth

थ्री स्टार हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं ।
थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता साधराण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गर्न लागेको हो। उक्त सेयरममा खोटङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्मका स्थानीयले आवेदन दिन सक्नेछन् ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.