www.tandavnews.com
Fact ~ In search of truth

महाधिवेशन अगावै तीन लाख सदस्यता वितरण गर्ने राप्रपाको लक्ष्य

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सय ५३ वटै तहमा पार्टीको कार्यससिमति र भ्रातृ संस्थाहरु निर्माण गर्ने भएको छ ।

२०७६ साललाई संगठन निर्माणको वर्ष बनाउने भन्दै राप्रपाले संस्थाहरु बनाउने भएको हो ।आज बसेको कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनमा पार्टीलाई दरिलो संगठनका रुपमा स्थापित गर्ने गरी महाधिवे्शन अगावै तीन लाख सदस्यता वितरण गर्ने लक्ष्य पनि लिएको छ ।

राष्ट्रियताका विषयमा आफुले उठाएको माग प्रति सरसकारसँग वार्ता भइरहेको भन्दै राप्रपाले सरकारसँगको वार्ता असफल भए दोस्रो जनअभियान संचालन गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले पार्टीको महाधिवेशन आगामी जेष्ठ महिना भित्रै गर्ने गरी आवश्यक तयारी थाल्ने निर्णय समेत गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.