www.tandavnews.com
Fact ~ In search of truth

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिशमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोापनियताको शपथ लिएकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोकेका छन्।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.