www.tandavnews.com
Fact ~ In search of truth

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् ।

आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शेर्पाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

Batas

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.