www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला

पोखरा ।

मौलिक र परम्परागत शिल्पकलाको महत्वलाई उजागर गर्दै नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा तीनदिने थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०को परम्परागत शिल्पकला विभागको आयोजनामा भएको सो कार्यशालाको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै मौलिक कला संस्कृति नै राष्ट्रको पहिचान भएकाले यसको संरक्षण र प्रर्वद्धनमार्फत आर्थिक रुपान्तरणमा जोड दिन आग्रह गरे ।

उनले भने, “परम्परागत शिल्पकला विदेशी पाहुनाका लागि उपहारका रुपमा प्रयोग गरेर विदेशमा कलामार्फत देशको प्रचारमा लाग्नुपर्छ ।” महानगरले कलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । सिर्जनशील कलाकार समूहका संयोजक वरिष्ठ व्यङ्ग्यचित्रकार वात्स्यायनले ध्यानले निर्मित थाङ्का पवित्रताको उत्कृष्ट रुप भएको बताए ।

कपडामा लेखिएका देवीदेवताको चित्र पौभा वा थाङ्का शान्तिको प्रतीक रुपमा बौद्धमार्गीले अझ बढी प्रयोग गरेको गरेको उनको भनाइ थियो । समयअनुसार यसको मौलिकतालाई अहिले आधुनिक चित्रकारहरुले प्रयोग गर्ने गरेको बताउँदै उनले यस प्रशिक्षणले यसको महत्वलाई उजागर गरेको बताए ।

नाफाका निवर्तमान चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठले थाङ्का ÷पौभामार्फत देशको अनुहारलाई विश्वमा चिनाएको बताए । उनले कार्यशालाले कलाको सुन्दर दिनको शुरुआत गरेको बताए । थाङ्का एवं पौभा अभिलेखीकरण गरिएको सन्देश भएको कलात्मक रुप भएको भन्दै यसको ऐतिहासिक र परम्परागत महत्व रहेको बताए ।

नाफाका परम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङले मौलिक एवं परम्परागत कलाकृतिको कारणले नेपाल विश्वमा चिनिएको बताउँदै नयाँ पुस्तालाई परम्परागत शिल्पकलाको शास्त्रीय, सैद्धान्तिक र व्यावहारिक ज्ञानसहितको सीप हस्तान्तरणसँगै यसको संरक्षण र प्रर्वद्धनका लागि कार्यशालाको आयोजना गरिएको जानकारी दिए ।

कास्कीको धम्पुसमा कलाकार पदमबहादुर लामा, छेवाङदोर्जे लामा र इन्द्रसागर तामाङले प्रशिक्षण दिने सो कार्यशालामा गण्डकी प्रदेशका १२ कलाकारको सहभागिता रहेको कलाकार भूमराज चौलागाईंले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.