www.tandavnews.com
Fact ~ In search of truth

‘क्याटवाक’मा समिर श्रेष्ठ र क्रिसेन्ट्सले प्रस्तुती दिँदै

पोखरा ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

लेकसाइड स्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।

Batas

समीर नेपाली संगीतमा युवा जमात बीच चर्चित नाम मध्ये एक हो, थमना हात, तिमि भएर, कुरी बसेछु, हेरन, चार देवार लगायत गीत चर्चित छन जसले नेपाल भित्र र बाहिर लाखौं प्रशंसकहरूको मन कब्जा गरेको छ ।

प्रस्तुतीको व्यवस्थापन चलिराखेको छ भने २० गतेको कार्यक्रमका लागि टिकट विक्रिको काम भइरहेको सञ्चालक लामाले जानकारी दिए । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इ¬सेवा र पोखराको ओपन हाउसमार्फत् विक्रि भइरहेको लामाले भने ।

करिब ९ महिना अघि खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले रेष्टुरेन्ट र लोरमा सेवा पाउँछन्। अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोरमा, म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्याटवाक पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब हो।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.